पोखरा–९ कृष्ण टोलमा उद्घोषण तालिम
पाेखरा | साउन २७, २०८१
पोखरा: पोखरा महानगरपालिका–९ कृष्णटोलमा क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
सामाजिक सेवामा क्रियाशिल कृष्ण युवा क्लबको आयोजनामा पोखरा–९ कृष्ण टोलमा एक दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सञ्चालन भएको हो ।
तालिममा ४७ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको थिए भने, सञ्चारकर्मी अनुराग अधिकारीले प्रशिक्षण दिएका थिए ।
पोखरा महानगरपालिका–९ का वडा सदस्य नन्दराम गिरीले क्षमता अभिवृद्धि तथा उद्घोषण तालिमले आत्मविश्वासलाई मजबुद बनाउने बताए ।
राष्ट्रिय भुमी अधिकार मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङले तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागू गर्न आवश्यक रहेको बताए ।
कार्यक्रम कृष्ण युवा क्लबका अध्यक्ष कृष्ण विकको अध्यक्षता र सचिव युवराज गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

